‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९औँ संस्करणमा सर्वोत्कृष्ट पर्वतीय फिल्मको अवार्ड फिल्म ‘गड्स बफ्यालो’ अर्थात् भगवान्को भैँसीले जितेको छ। चर्चित छायाँकार विष्णु कल्पितले निर्देशन गरेको सो फिल्म १४ मिनेट २० सेकेन्ड लामो छ । गत असार १ गतेको रात सिन्धुपाल्चोकमा आएको बाढीले बगाएर ज्युँदै उद्धार गरिएको भैँसीको कथामा सो फिल्म बनेको थियो । उक्त फिल्मले १ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ ।
सोही फिल्मले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधासमेत जित्दै थप ७५ हजार रुपैयाँ हासिल गर्यो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले निर्देशक तथा छायाँकार कल्पितललाई पुरस्कार प्रदान गरे ।
कल्पित निर्देशित फिल्मको कथा सरल भए पनि सशक्त रहेको भन्दै बोर्ड अध्यक्ष दाहालले प्रशंसा गरे।
नेपाल पानोरमा खण्डमा किरण श्रेष्ठ निर्देशित ‘येट एनदर विन्टर’ उत्कृष्ट आख्यान फिल्म बन्यो। नेपाल पानोरमा खण्डमै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो फिल्म ‘द बिग हेडेड ब्वाइ, स्यामन्स एन्ड सामुरिज’ ले स्पेसल मेन्सन अवार्ड जित्यो।
अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्ट ः द हार्ड वे’ सर्वोत्कृष्ट बन्दै दुईलाख रुपैयाँ पुरस्कार जित्यो। कोलम्बियाली निर्देशक भिभियाना गोमेज निर्देशित ९२ मिनेट लामो फिल्म ‘बिट्विन फायर एन्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेर डेढ लाख रुपैयाँ जित्यो।
अमेरिकी फिल्म ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो बन्दै १ लाख रुपैयाँ जित्यो। अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयान निर्देशित ‘भिलेज अफ वुमन’ ले स्पेसल मेन्सन अवार्ड जित्यो। फेस्टिभलमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा सहभागी थिए।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

आजदेखि ‘हिमालयन रोडिज’ प्रसारणमा

प्रतिक्रिया