भारतीय सुन्दरी सन्धु बनिन् मिस युनिभर्स
भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स २०२१ को ताज पहिरेकी छन्।
योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए।
सोमबार इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै उनले मिस युनिभर्सको ताज पहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । २१ वर्षीया सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । उनी मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन्।
प्रतिक्रिया