अब केमा लगानी गरौँ त कमरेड ?

कलाकार दीपकराज गिरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रश्न गरेका छन् । लामो स्टाटस लेख्दै उनले प्रचण्डलाई प्रश्न गरेका हुन् । ‘प्रचण्ड कमरेडको पुरानो महावाणी– बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो,’ उनले फेसबुकमा लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइरहेका छन् । उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बुढेसकालमा स्कुल गएर त्यही छुटेको पुरानो शिक्षा पढिरहेका छन् ।’
उनले फिल्म हल खोलेमा त्यो पनि बिलासितामै पर्ला कि नपर्ला भनेर प्रश्नसमेत गरेका छन् ।
‘अब आफ्नै कुरा गरौं, फिल्म हल खोलौ भनेको त्यो फिल्म पनि बिलासिता मै पर्ला कि नपर्ला? सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरि अप्ठेरो पर्ला भनेर सोधेको । कि ब्युटी पार्लर खोलौं?हुनत धनाढ्यका बूढीहरू, छोरीहरू जाने ठाउँ त्यो पनि पक्कै सामन्तवादी लगानी नै साबित होला? अब के मा लगानी गरौं त? अब ती खाइनखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नव सामन्तहरूलाई के गर्ने त कमरेड? आफ्नो कमाई कहाँ लगाउने त रु ताकी हाम्रो लगानी सामन्तवादी लगानी नहोस ।’
गिरीले अनुरोध गर्दै अगाडि भनेका छन्, ‘प्लिज कमरेड भनिदिनुपर्यो, तपाइँको लगानी कहाँ छ? कि त्यहि लगानी गर्न पनि प्रेरित गरिदिनुपर्यो । मलाई सामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला? कि यसो गरौं विदेशी बैंकमै लागेर राखौं त कमरेड? त्यसो गर्दा कसो होला? जे जसरी हुन्छ मलाइ सामन्त हुनबाट बचाउनुस् कमरेड म हातै जोड्छु म लगायत थुप्रै जनताले जय गाउने छन् कमरेड !’

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

प्रतिक्रिया