पुस ३ मा फिल्म ‘फिच्यो’ को प्रदर्शन

काठमाडौँ- सार्वजनिक प्रदर्शन अगाडि फिल्म ‘फिच्यो’ को विशेष प्रदर्शन हुने भएको छ । नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको फिल्मको सार्वजनिक प्रदर्शनको माहौल नमिलेकोले विशेष शो गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताएका छन् ।
फिल्म नेपाली, अङ्ग्रेजी र गुरुङ तीन भाषामा निर्माण भएको छ । ल्होसारको अवसर पारेर पुस ३ गते काठमाडौँको रानीदेवी पार्टी प्यालेस र अमेरिकामा युनाइटेड गुरुङ एसोसिएसन अफ अमेरिका (युजिएसए) ले चलचित्रको विशेष प्रदर्शन गर्न लागेको हो ।
फिल्ममा विश्वास गुरुङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अञ्जना गुरुङ, पेम्बा छिरिङ शेर्पा, सिर्जना गुरुङ, बिरूप घले लगायतको अभिनय रहेको छ । रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्म निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश)को छायाङ्कन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकास घलेकै रहेको छ ।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

प्रतिक्रिया