फिल्म ‘घामड शेरे’ र ‘हजार जुनीसम्म’ हलमा फ्लप,युट्युबमा हिट

काठमाडौं- फिल्म ‘घामड शेरे’ युट्युबको पहिलो नम्बरमा छ । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका दुई फिल्म युट्युबमा रिलिज भएका छन्। दुवै फिल्म ट्रेण्डिङको पहिलो र दोस्रो नम्बरमा रहेका छन्। सिनेमा हलमा प्रदर्शन हुँदा यी दुवै फिल्म फ्लप थिए। विकास राज आचार्यको निर्देशनमा बनेको ‘हजार जुनीसम्म’ २०७६ भदौ १३ मा प्रदर्शनमा आउँदा दर्शक पाउनै हम्मेहम्मे परेको थियो। यो फिल्ममा स्वस्तिमासँगै आर्यन सिग्देल प्रमुख भूमिकामा देखिएका छन्। सोही साल मंसिर १३ गते प्रदर्शनमा आएको स्वस्तिमाकै अभिनय रहेको अर्को फिल्म ‘घामड शेरे’ले पनि सिनेमा हलमा राम्रो भिड जम्मा गर्न सकेको थिएन्। हेमराज बिसीको निर्देशनमा बनेको यो फिल्म नराम्रोसँग फ्लप भएको थियो।
अहिले युट्युबमा रिलिज भएपछि भने दुवै फिल्ममा दर्शकको भिड देखिएको छ। सिनेमा हलमा प्रदर्शन हुँदा दर्शक नपाएर निर्माता डुबेका यी दुई फिल्मकी अभिनेत्री स्वस्तिमा भने युट्युबमा देखिएको दर्शकको चापलाई लिएर सन्तुष्टि साटिरहेकी छिन्। उनले सामाजिक सञ्जालमा दुई फिल्मलाई ‘अपार भिड’ पाएको भन्दै आफ्नो खुसी बाँडेकी थिइन्।
‘केही दिनदेखि मेरो फिल्म ‘हजार जुनीसम्म’ अपार भीडका साथ युट्युबमा प्रदर्शन भइरहेको छ,’ स्वस्तिमा लेख्छिन्, ‘४० लाख पटक हेरिएको यो फिल्म १ नम्बर ट्रेण्डिङमा आइसकेको छ। यो खुसीले मन रमाइरहेकै थियो, ‘घामड शेरे’ पनि युट्युबमा प्रदर्शन सुरु भयो।’ आफ्ना फिल्म हेरिनुमा खुसी हुनु स्वभाविक हो। युट्युबमा रिलिज भएर दर्शक पाउनुले फिल्मलाई सफल\असफल भएको प्रमाणित त गर्दैन, तर दर्शक पाउँदा हलबाट पाएको ‘चोट’मा थोरै ‘मलम ’ त होला। त्यसैले, स्वस्तिमाको खुसीलाई पनि गलत त भन्न मिल्दैन। हलमा व्यवसायिक रुपमा असफल भएको फिल्म हो । युट्युबमा भने यो फिल्म ले निकै राम्रो भ्युज पाउँदै गएको छ ।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

प्रतिक्रिया