समारिक र प्रथम अभिनित ‘ढोकै खुलेन’

 

राजनराज सिवाकोटी र सरु गौतमको स्वर, राजनकै शब्द तथा संगीत रहेको ‘ढोकै खुलेन’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा एक प्रेमजोडीको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा समारिक ढकाल र प्रथम क्षेत्रीको अभिनय छ । सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा चक्रबहादुर बरालको छायांकन, सिलन लम्सालको सम्पादन छ । यो गीतलाई सुवास पुरीले प्रस्तुत गरेका हुन् ।