फिल्म ‘पुष्पा’को ट्रेलर सार्वजनिक

 

बहु  प्रतीक्षित तेलुगु प्यान इन्डिया फिल्म ‘पुष्पा’को ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन अभिनीत फिल्मको अन्य ४ भाषाका ट्रेलर सोमबार नै सार्वजनिक गरिएता पनि हिन्दी ट्रेलर भने मङ्गलवार सार्वजनिक गरिएको हो । पुष्पाले अल्लु अर्जुनलाई प्यान इन्डिया स्टारको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

एक्सन प्रधान फिल्म डिसेम्बर १७ तारिखबाट विश्वभरका फिल्म घरमा प्रदर्शन सुरु हुनेछ । सुकुमारले निर्देशन गरेको यो फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मन्दना, फहाद फासिल, सुनिल, राव रमेश लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।