कलाकार ‘जोगिन्दर’ कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित !

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही–४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा ५ सय १३ मत प्राप्त गरी विजयी भएका हुन् । मंगलबार सर्लाही–४ को गोडैता नगरपालिका–५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएको थियो ।
उनी बरहथवा नगरपालिका-१५ निवासी हुन् । उनी सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा दोस्रोपटक निर्वाचित भएका हुन् । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रूपमा बुझ्न आग्रह गरे । ‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं । तर, नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्,’ रिजालले भने । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका रिजाल सर्लाही–४ बाट क्रियाशील सदस्य छन् ।
दोस्रोपटक सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाताप्रति आभार व्यक्त गरे । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रूपमा बुझ्न आग्रह गरे ।’लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं । तर, नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्’ रिजालले भने । उनले १४औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए । ‘हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रूपमा राख्न सक्छौ । यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ’ उनले भने । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका रिजाल सर्लाही–४ बाट क्रियाशील सदस्य छन् ।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

प्रतिक्रिया