सारा भन्छिन्- आमा मलाई सबैभन्दा राम्री देखाउन चाहनुहुन्छ !

 

 

काठमाडौँ- अभिनेत्री सारा अलि खानले आफ्नी आमा अभिनेत्री अमृता सिंहसँग एक विज्ञापनमा एकसाथ काम गरेकी छन् । त्यसपछि भने साराले अमृतालाई आफूसँग काम गर्न नरुचाउने बताएकी छन् । साराले डेब्यूपछि चारवटा चलचित्रमा अभिनय गरिसकेकी छन् र अहिले आफ्नो आगामी चलचित्र ‘अतरङ्गी रे’को प्रमोसनमा छिन् ।

एक अन्तर्वार्तामा साराले भनिन्, ‘छायांकनको समयमा आमाको सम्पूर्ण ध्यान मेरो अनुहार र कपालमा हुने गर्छ । यदि मेरो अनुहारमा कपाल झरेको मात्र देख्नुभयो भने पनि छायांकन नै रोकेर त्यो मिलाउन थाल्नुहुन्छ । कहिले काहिँ त लाग्छ-  उहाँलाई मसँग काम गर्नै मन पर्दैन । म उहाँकी छोरी भएकाले पनि होला‚ आमा मलाई सबैभन्दा राम्री देखाउन चाहनुहुन्छ ।’

अमृता उत्साहित भएर काममा जाने र दोब्बर उत्साहित भएर फर्कने समेत साराले बताइन् । ‘घर फर्कनेबित्तिकै उहाँले धेरै रमाइलो गरेको र राम्रो काम गरेको भन्दै सुनाउनुहुन्छ‚’ उनले भनिन् ।

साराले आफ्ना बुबा सैफ अलि खान र आमा अमृताले एक टेलिभिजन च्यानलको कार्यक्रममा आफूलाई अभिनय गर्ने सल्लाह दिएको बताइन् । उनले भनिन्, ‘कुनै पनि चलचित्र दुई घण्टाका लागि मात्र हुँदैन भनेर उहाँहरू मलाई भनिरहनुहुन्छ । एउटा चलचित्र बन्न कम्तीमा पनि एक वर्षको मेहनत चाहिन्छ ।’