‘मेरो झण्डा फरफराउँछ’

 

काठमाडौं- राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ । माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् भने सन्चु थोकरको छायांकन रहेको छ ।

गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्वप्रहरी सुपरीवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतलाई देख्न सकिन्छ ।