प्रियंकाले पतिको थर हटाइन्- के डिभोर्स कै संकेत हो ?
मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालका माध्यमबाट फ्यानका लागि आश्चर्यजनक संकेत गरेकी छन् । हालैमात्र उनले इन्स्टाग्रामबाट पति निक जोनसको सरनेम हटाएकी छन् । उनले हालसम्म सामाजिक सञ्जालमा आफ्नो नाम ‘प्रियंका चोपडा जोनस’ राखेकी थिइन् ।
प्रियंकाको अहिले एकाउण्टमा उनको नाम ‘प्रियंका चोपडा’ मात्र छ । प्रियंका अघि कैयौं अभिनेत्रीहरुले सामाजिक सञ्जालबाट पतिको थर हटाएर सम्बन्धविच्छेद गर्ने संकेत दिएका थिए । अहिले सामाजिक सञ्जालमा के प्रियंका चोपडाले पतिसँग अलग्गिने निर्णय लिएकी हुन् ? भन्ने चर्चा चलेको छ ।
भर्खर विवाह सम्बन्धबाट अलग भएका दक्षिण भारतीय कलाकार सामान्था र नागा चैतन्यको विच्छेदको सुरुवात पनि यसरी नै भएको थियो । सामान्थाले नागा चैतन्यलाई इन्स्टामा फ्लो गर्न छाडेको देखेपछि सञ्जालका जासुसले दुवैका बीचमा हार्दिक सम्बन्ध नरहेको खुलासा गरेका थिए । यता प्रियंकाले पनि पतिको थर छाडेपछि मंगलबार बिहानैदेखि विच्छेदको हल्ला चल्यो । यो देखेपछि प्रियंकाकी आमा मधु चोपडाले मुख खोलिन् र बजारमा चलेको हल्ला गलत भएको स्पष्टिकरण दिइन् । मलाइका अरोडा खानले पनि पति अरबाज खानसँग सम्बन्धविच्छेद गर्नु अघि खान शब्द हटाएकी थिइन् । प्रियंका र निकको विवाहलाई लिएर पहिले पनि धेरै गसिप बाहिर आएका थिए ।
प्रतिक्रिया