नम्रता श्रेष्ठको सम्बन्ध बिच्छेद !

अभिनेत्री नम्रता श्रेष्ठको ब्रेकअप भएको छ । उनी पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग चार वर्षदेखि प्रेममा थिइन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा र नम्रता पहिलोपटक एक फिल्मको प्रिमियर समारोहको बेला कुमारी हलमा सँगै देखिएका थिए । नम्रता र दावाको जोडीको चर्चा नेपाली फिल्मी क्षेत्रमा बारम्बार भइरहेको हुन्थ्यो । तर, पछिल्लो समय सम्बन्धमा असहज महसुस गरेपछि यी दुईले सल्लाहमा नै ब्रेकअप गरेको समाचार नेपाली मिडियामा आउन थालेको छ ।

यसअघि सामाजिक सन्जालहरुमा नम्रताले दावासँग तस्वीर बाक्लै राख्ने गरेकी थिइन् । तर, आजभोलि उनले यसरी तस्वीर राख्न छाडेकी छिन् । उनले तस्वीरहरु राख्न छाडेपछि यो सम्बन्धबारे प्रश्नहरु उठ्न थालेका थिए । त्यसपछि नै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रस्तुत गरिरहेका थिए । उनीहरु घुमघाम गर्न न्यूजिल्यान्ड र सगरमाथा आधार शिविरसम्म पुगे । चाँडै बिहे गर्ने उनीहरुको योजना पनि थियो । अभिनेत्री नम्रता श्रेष्ठको ब्रेकअप भएको छ । उनी पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग चार वर्षदेखि प्रेममा थिइन् । नम्रता ब्रेकअप भएको नै हो या अन्दाजको भरमा समाचार आएका हुन यो भने उनीहरु नै जानुन ।’