बेहुली बनिन् प्रविशा

काठमाडौँ- गायिका प्रविशा अधिकारीले विवाह गरेकी छन् । उनले अमेरिका बसोबास गरिरहेका झापाका निर्माण सिटौलासँग आज (आइतबार) विवाह गरेकी हुन् । प्रविशा पनि झापाकै भएकाले उनीहरूको विवाह झापामा भएको हो ।

विवाहका लागि साङ्गीतिक क्षेत्रका साथै उनी निकट केही साथी झापा पुगेका छन् । इन्जिनियर निर्माणसँग पारिवारिक सहमतिमा नै अधिकारीले विवाह गरेकी हुन् । प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए ।