भारतीय कम्पनीले किन्यो भारु ४ करोडमा ‘प्रेमगीत ३’ को हिन्दी राइट
काठमाडौं- कोरोना महामारीका कारण प्रदर्शनमा आउन नसकेको नेपाली फिल्म ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि तयार भएको छ । लकडाउनको समयमा निर्देशक तथा निर्माता सन्तोष सेनले मुम्बईमा बसेर चलचित्रको हिन्दी डबिङ गरेका थिए । चलचित्रमा भारतका प्रख्यात डबिङ आर्टिस्टले डबिङ गरेका छन् । यसबीच, चलचित्रको भारतीय थिएटर राइट्स पनि बिक्री भएको छ ।
भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले चलचित्रको थिएटर राइट्स चार करोड आइसीमा खरिद गरेको यो एमजी बापतको रकम हो । फिल्मले भारतमा चार करोडभन्दा बढीको व्यापार गरेमा कम्पनीले ७० प्रतिशत लिएर निर्माता सेनलाई ३० प्रतिशत रकम उपलब्ध गराउनेछ । सकेसम्म नेपाल र भारतमा एकैपटक फिल्म रिलिजबारे पहल गर्ने तर, भारतीय रिलिज ढिलो हुने परिस्थिती आए नेपालमा चाँडो गर्ने तयारीमा निर्माता सेन छन् । कोरोना महामारीको कारण यसअघि प्रेमगीत-३ पोस्टपोन्ड भैसकेको छ ।इम्पोसिबल फिल्मसले ७० प्रतिशत लाभांश आफूले लिने र ३० प्रतिशत नेपाली निर्मातालाई दिने गरी सहमती गरेको जनाइएको छ । प्रेमगीत-३ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका छ ।
प्रतिक्रिया