१३ औं इजरायली चलचित्र महोत्सवले पहिलोपटक ‘ड्राइभ इन शो’ गर्दै

 

काठमाडौं- यही मंसिर १० र ११ गते नेपालमा इजरायली दूतावासले १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। इन्टरनेसनल साउन्ड सर्भिसेसको सहकार्यमा हुने हुने महोत्सव पाँचतारे होटल सोल्टीको पार्किङ क्षेत्रमा आयोजना हुनेछ। महोत्सवले नेपालमा ‘फर्स्ट इभर ड्राइभ इन फिल्म शो’ मार्फत पृथक किसिमको चलचित्र भित्रिने आयोजनक टिमले विज्ञप्तिमार्फत बताएको छ।

‘विश्वमा ड्राइभ इन शो नौलो होइन, तर नेपालमा भने यो पहिलोपटक हँुदैछ। यस महोत्सवको विशेषता भनेको आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेरिन्छ। यो शैली कोरोनाबाट प्रभावित भएको फिल्म क्षेत्रलाई थप टेवा पुर्याउने अपेक्षा राखेको छ दूतावासले। सामाजिक दूरी कायम राख्दै परिवारसँग बसेर यो चलचित्र हेर्न हरेक व्यक्तिलाई खुला छ।

यस्ता चलचित्रले नेपाल र इजरायलको सांस्कृतिक तथा सामाजिक सम्बन्ध प्रगाढ बनाउनुका साथै चलचित्रकर्मीलाई हौसला दिन सक्छ,’ विज्ञप्तिमा भनिएको छ। दर्शकले आफ्नो पार्किङ स्थान सुरक्षित गर्नका लागि भने सोल्टी होटलको वेबसाइटमा गएर फर्म भर्नुपर्ने छ।