सकियाे ‘प्रेमगंज’काे छायांकन, लगानी दुईकरोड !

 

काठमाडौं-  निर्देशक परिच्छेद सेनको फिल्म “प्रेमगन्ज”को सम्पुर्ण छायांकन समाप्त भएको छ । गत बर्ष बैशाख देखि सुरु भएको फिल्मको छायांकन यहि मंसिर एक गते समाप्त भएको हो । पहिलो लकडाउन सकिए संगै फिल्मको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो । देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क फिल्म निर्माणमा जुटिरह्यो ।

लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस फिल्मले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात फिल्ममा दुई करोड लगानी भयो । यसले कुनै न कुनै रुममा फिल्म क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो । छायांकनमा मात्रै दुईकरोड लगानी भएको फिल्म प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । लगभग दैनिक १.६ मिनेटका दरले छायांकन भएको थियो । फिल्मको काभ्रेको देउराली , सोलुखुम्बुको पत्ताले , काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ । बेनिसा हमाल ,तेज गिरि र सम्पदा बानियाँको मुख्य भुमिका रहेको फिल्म मार्फत राईडर प्रसान्त , सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन । चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन । फिल्मको छिटै नै प्रदर्शन मिति घोषणा हुँदै छ ।