कंगनालाई महात्मा गान्धीको जवाफ – ‘आफ्नो नायकको छनोट बुद्धिमतापूर्वक गर्नुपर्छ !’
एजेन्सी- महात्मा गान्धीको अहिंसाको मन्त्रलाई मजाक बनाएको विषयमा अहिले भारतमा बलिउड अभिनेत्री कंगना रनौटको निकै धेरै आलोचना भइरहेको छ । यहीबीच महात्मा गान्धीका पनाति तुषार गान्धीले कंगनालाई जवाफ पनि दिएका छन् ।उनले थप्पड मार्नेलाई दोस्रो गाला दिनका लागि गान्धीलाई हेलाँ गर्नुभन्दा धेरै साहसको आवश्यकता भएको बताएका छन् ।
‘सन् १९४७ मा मिलेको स्वतन्त्रता भिख थियो,’ कंगनाले यसो भनेपछि उनको चर्को आलोचना भएको थियो । कंगनाले सन् १९४७ को प्रसंग उल्लेख गर्दै भारतलाई वास्तविक स्वतन्त्रता त सन् २०१४ मा मात्र मिलेको बताएकी थिइन् । यही विषयमा जवाफ दिँदै महात्मा गान्धीका पनाति तथा लेखक तुषार गान्धीले भनेका छन्, ‘आफ्नो नायकको छनोट बुद्धिमतापूर्वक गर्नुपर्छ ।’
प्रतिक्रिया