आठ सन्तानमध्ये माइली हुन् कट्रीना कैफ, यस्तो थियो बाल्यकाल
मुम्बई- बलिउड अभिनेत्री कट्रीना कैफ यतिबेला आफ्नो विवाहका कारण चर्चामा छिन् । अभिनेता विक्की कौशलसंग कट्रीनाको विवाहको समाचार यतिबेला चर्चामा छ । यद्यपि, दुबैले आफ्नो विवाहको बारेमा एक शब्द बोलेका छैनन् । विवाहको चर्चाकै बीच कट्रीनाको पारिवारिक तथा जीवनसंग सम्बन्धि केही महत्वपूर्ण जानकारीहरु सार्वजनिक भएका छन् । आठ सन्तानमध्ये माइली हुन् कट्रीना । कट्रीना कैफ आफ्ना आठ दाजु–भाइ तथा दिदी–बहिनीमध्ये माइली हुन् । कट्रीनाको जन्म १६ जुलाई १९८३ मा हङकङमा भएको हो । उनका बुवा मोहम्मद कैफ एक कश्मीरी मूलका बेलायती व्यापारी हुन् तथा आमा सुजान टक्र्यूटी बेलायती वकिल तथा समाजसेवी हुन् ।
यसका साथै उनी लामो समयदेखि उनका बुवासंगको सम्पर्कमा थिइनन् । कट्रीनाको स्कूलिङ पनि निकै रोचक छ । उनको र उनका भाइ–बहिनीहरुको पढाइ घरमै विभिन्न शिक्षकहरुले गराएका थिए । यस्तो किन पनि भयो भने उनीहरुकी आमा कामको सिलसिलामा एक–ठाउँबाट अर्को ठाउँ गैरहनु पर्दथ्यो । हङकङमा जन्मिएपछि उनीहरु चीन गए । त्यसपछि जापान पुगे भने त्यहाँबाट फ्रान्स, स्विजरल्याण्डहुँदै यूरोपका अधिकांश देशमा बसाईं सरे ।कट्रीनाले पोल्याण्ड, बेल्जियम, हवाईमा पनि केही समय बिताएक् छिन् । त्यसपछि उनी लण्डन पुगिन् । लण्डनमा तीन वर्ष बसेपछि उनी भारत आइन् । भारतमा उनले कामको प्रस्ताव पाउन थालिन्, त्यसै कारण उनी सधैंका लागि भारतमै बस्न थालिन् ।
त्यही बेलादेखि उनी भारत अहिलेसम्म भारतमै बसोबास गरिरहेकी छिन् । कट्रीनाले भारत आएपछि आफ्नो थर परिवर्तन गरेकी थिइन् । प्रारम्भमा उनको नाम आमाको थरबाट कट्रीना टक्र्यूटी थियो, तर भारत आएपछि उनले थर परिवर्तन गरेर कट्रीना कैफ राखिन् । उनका अनुसार मानिसहरुलाई आमाको थर टक्र्यूटीभन्दा बुवाको थर कैफ उच्चारण गर्न सहज थियो । सन् २००३ मा बलिउडमा डेब्यू गरेपछि कट्रीना भारतवासी भइन् । उनी भारतमा बस्न थालेकै १८ वर्ष भएको छ । आज उनलाई कुनै परिचयको आवश्यकता छैन । उनले बलिउडका थुप्रै ठूला सुपरस्टारहरुसंग काम गरिसकेकी छिन् ।
प्रतिक्रिया