‘पासो’ चैत १८ मा रिलिज हुने

काठमाडौं- अभिनेत्री रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो फिल्म चैत १८ देखि प्रदर्शन हुने बताइएको छ । फिल्ममा निर्देशक आरबी पुनको नै कथा, पटकथा तथा संवाद छ । फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । फिल्मलाई क्राइम र सर्भाइभल जनरामा निर्माण गरिएको निर्माणपक्षले जनाएको छ । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सहनिर्माता हुन् ।फिल्ममा रिस्ताको साथमा सुनिसा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्ममा सूर्य दयालुको संगीत, उत्तम हुमागाईंको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।