प्रीति जिंटा बनिन् दुइ सन्तानकी आमा !

 

अभिनेत्री  प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । प्रीति जिन्टाले यो खुसी सामाजिक सञ्जालमार्फत फ्यानसँग पनि बाँडेकी छिन् । उनीहरुले आफना दुइ सन्तानको नाम समेत राखेको पनि बताए । प्रीति जिन्टा सरोगेसी मार्फत आमा बनिन् । उनले सामाजिक सञ्जालमार्फत फ्यानसँग यो खुसी बाँड्दै सरोगेट आमालाई धन्यवाद समेत दिएका छिन् । प्रीति जिन्टाले आफ्नो इन्स्टाग्राममा श्रीमान्सँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘आज म तपाईंहरू सबैसँग एउटा राम्रो खबर दिन  चाहन्छु । जीन र मलाई खुशीको कुनै सीमा थाहा छैन। यस समयमा हाम्रो हृदय धेरै माया र खुशीले भरिएको छ। हामी हाम्रा जुम्ल्याहा सन्तान जे गुडइनफ र जिया गुडेनफलाई हाम्रो परिवारमा स्वागत गर्दछौं। हाम्रो अविश्वसनीय यात्राको एक हिस्सा भएका सबै डाक्टरहरू, नर्सहरू र सरोगेट आमाहरूलाई धन्यवाद। धेरै धेरै माया।” नवभारतटाइम्स 

View this post on Instagram

 

A post shared by Preity G Zinta (@realpz)