‘नेपाल मिडिया अवार्ड २०७८’ हुने

काठमाडौँ – नेपालमा पहिलो पटक  ड्रिम हाई नेपाल प्रालिको आयोजनामा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ  ।  ड्रिम हाई नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २३ गते मिडिया अवार्ड–२०७८ आयोजना गर्ने बताएको हो ।  मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाई नेपालले बताएको छ ।

‘सेलिब्रेटिङ विथ चेन्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिने बताइएको छ ।  मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिनेछ ।