अभिनेता सूर्यालाई यस कारण आयो ज्यान मार्ने धम्की

एजेन्सी- अमेजन प्राइममा रिलिज भएको फिल्म जय भीम अहिले भारतमा निकै चर्चामा छ । तर, यो फिल्म बढी विवादमा पनि परेको छ । त्यसो त आजभोलि रिलिज हुने फिल्महरु कुनै न कुनै नाममा विवादमा घेरिइरहेका हुन्छन् ।

यो फिल्मका केही सिनहरुबारे आफ्नो आपत्ति रहेको वन्नियार समुदायले आपत्ति जनाएको छ । यसअघि पनि यो फिल्मको एक सिनका कारण निकै ठूलो विवाद भएको थियो । वन्नियर समुदायका केही व्यक्तिहरुले यसका कलाकारहरुलाई पनि धम्की दिन थालेका छन् ।

फिल्मका अभिनेता सूर्यालाई पनि बारम्बार धम्की आइरहेको छ । उनलाई धम्की आउने क्रम बढ्न थालेपछि उनको घरको सुरक्षा बढाइएको जनाइएको छ । उनको घरबाहिर अब पाँच जना सुरक्षाकर्मी खटाइएको छ ।