पल्पसा भन्छिन्- ‘मेरी बास्सै हेर्नुहोला म भेट्न आउँदैछु !’

काठमाडौँ- कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई दर्शकले पुन: पर्दामा देख्न पाउने भएका छन् । दुवै मिर्गौला फेलपछि विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् । आफू अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला । म भेट्न आउँदैछु ।’

करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।