विक्की र कट्रिना विवाहको तयारीमा

एजेन्सी – बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफ ७–१२ डिसेम्बरमा हुने विवाहको तयारीमा पूर्ण रुपमा लागेका छन् । भारतीय मिडियाहरुले यसबारे ससाना अपडेटहरु पनि पछिल्लो समय प्रकाशन गर्न थालेका छन् । मिडियाहरुका अनुसार यी दुईको विवाह राजस्थानमा हुँदैछ । तर,अहिलेसम्म यी दुवैले आफूले कहाँ विवाह गर्न लागेको भनेर पुष्टि गरिसकेका छैनन् ।

कट्रिनाले विवाहबारे मिडियाले धेरै फलो गर्ने भएकाले एक साथीको घरमा बसेर यसको तयारी सुरु गरेको पनि भारतीय मिडियाले जनाएका छन् ।  यी दुईको विवाहमा कियारा आडवाणीले विशेष प्रस्तुति दिने पनि पछिल्लो अपडेटमा जनाइएको छ । यो विवाहमा सिमित साथीहरुलाई मात्र यी दुईले बोलाएका छन् ।