मङ्सिर ५ गते बेहुली बन्दै गायिका प्रविशा

गायिका प्रविशा अधिकारी मंसिरमा बिहे गर्ने भएकी छन् । उनले प्रेमी निर्माण सिटौलासँग विवाह गर्न लागेकी हुन् । झापा चारपानेका निर्माण र प्रविशा मंसिर ५ मा वैवाहिक बन्धनमा बाँधिदैछन् । पेसाले इन्जिनियर निर्माण अमेरिका बस्दै आएका छन् । केही समयदेखि प्रविशा र निर्माण प्रेम सम्बन्धमा थिए । दुबैको पारिवारिक सहमतिमा वैवाहिक जीवनको सुरुवात गर्न लागेकाे प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् ।

प्रविशाले थुप्रै चलचित्र तथा आधुनिक गीतमा स्वर दिएकी छन् । उनी यसै साताबाट सुरु भएको बच्चाहरूको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को जजमा छिन् ।