कट्रिनाको विवाहमा सलमान सहभागी नहुने

बलिउडमा यो वर्ष विवाहको लहर नै चलेको छ । यो वर्ष हुने झन्डै बलिउडका एक दर्जन विवाहमध्ये अहिले सबैभन्दा बढी चर्चामा छन्, कट्रिना कैफ र विक्की कौशलको विवाहको । यो विवाह ७ देखि ९ डिसेम्बरमा राजस्थानमा हुने भनिएको छ । विवाहका लागि सबै तयारी भइसकेको पनि बताइएको छ ।

यो विवाहमा यी दुवै कलाकारले आफूसँग अत्यन्त निकट साथीहरुलाई मात्र बोलाएका छन् । कट्रिनासँग त्यस्तै निकट हुन्, सलमान खान । कुनै समय खान र कैफको अफेयर चलेको हल्ला पनि व्यापक चल्ने गथ्र्यो ।

सलमानलाई यो विवाहको निम्तो भए पनि उनी विवाहमा सहभागी नहुने सम्भावना बढेको बताइएको छ । भारतीय मिडियाहरुका अनुसार यो विवाहको पहिलो निमन्त्रणा नै सलमान खानलाई गरिएको थियो ।

तर, यो विवाहमा उनी सहभागी नहुने भएका छन् । यसअघि उनले विवाहमा सहभागी हुनकै लागि फिल्म सुटिङ पनि सारेको भन्ने समाचार आएको थियो । तर, उनी विवाहमा सहभागी नहुने समाचार पछिल्लो समय भारतीय मिडियामा आइरहेको छ ।