गायिका ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे ‘गार्जियनसिप’बाट उन्मुक्ति

 

 

क्लालिफोर्निया (अमेरिका)- अमेरिकी गायिका, गीतकार तथा नर्तकी ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे झन्झटपूर्ण ‘गार्जियनसिप’बाट उन्मुक्ति मिलेको छ। आफ्नो व्यक्तिगत जीवनका थुप्रै पक्षमा नियन्त्रणकारी ‘गार्जियनसिप’बाट मुक्ति मिल्दा आफूलाई ‘जीवनकै सर्वोत्तम दिन’ लागेको प्रतिक्रिया दिएकी छन्।

‘मलाई लाग्दैछ, म रुन लागिरहेकी छु,’ ३५ लाख फलोअर भएको आफ्नो इन्स्टाग्राम एकाउन्टमा उनले लेखेकी छन्। अमेरिकाको लस एन्जलसस्थित कन्ट्री सुपेरियर कोर्टका न्यायाधीश ब्रेन्डा पेनीले शुक्रबार ब्रिट्नीको गार्जियनसिप अन्त्य गर्ने फैसला सुनाएका थिए। सन् २००८ मा उनलाई समस्या भएपछि ‘बुबा’को जिम्मा लगाइएको थियो। तर आफूलाई ‘बुबा’ले विभिन्न विषयमा रोकटोक गरेको भन्दै आफूलाई ती बाबुको गार्जियनसिपबाट मुक्ति पाउन माग गर्दै उनले अदालतमा मुद्दा दायर गरेकी थिइन्।