फिल्म ‘सत्यम्’ मलिकाले छाडेपछि उपासनाको इन्ट्री

 

काठमाडौँ- घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘सत्यम्’ अहिले हिरोइन इन आउटको शृंखलाले चर्चामा आएको छ । सुटिङको मुखमा मलिका महतले यो फिल्म छाडेपछि निर्माण टिमले उनको ठाउँमा उपासना सिंह ठकुरीलाई लिएको छ । मलिका फाइनल हुनुअघि निर्माण टिमले यो फिल्ममा उपासनालाई नै लिन चाहेको थियो तर कुरा मिलेको थिएन । मलिकाले छाडेपछि भने निर्माण टिमले उनलाई पल शाहको जोडीको रुपमा अभिनय गर्न मनाइछाडेको छ ।