शिल्पा सेट्टी भन्छिन् -चर्चा कमाउन मेरो नाम बदनाम भयो
एजेन्सी- बलिउड अभिनेत्री शिल्पा सेट्टीले आफ्नो र पति राज कुन्द्राको नाममा दर्ता भएको एक मुद्दाबारे सफाइ दिएकी छिन् । उनले यो मुद्दासँग आफ्नो कुनै सरोकार नभएको बताएकी छिन् । यसअघि मुम्बईको प्रहरी कार्यालयमा शिल्पा, राज र फेसन टिभीका काशिफ खानविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो । अब शिल्पाले आफूले कमाएको नाम बदनाम गर्न यस्तो मुद्दामा आफ्नो नाम जोडिएको बताएकी छिन् । उनले यो कुरामा आफ्नो र राजको कुनै सरोकार नै नभएको पनि बताएकी छिन् ।
यो जिम हाउस आफूहरुले फ्रेन्चाइज बेचेको र यसको सबै काम काशिफले गरेको पनि शिल्पाले बताएकी छिन् । अनि आफूले लामो समय मिहनेत गरेर कमाएको नाम बदनाम गर्न खोजिएको उनले आरोप लगाएकी छिन् ।
प्रतिक्रिया