जन्मदिनमा हरिवंश भन्छन् – जिरोबाट एक हुन चाहन्थेँ तर, सय हुन पुगे
काठमाडौं– कलाकार हरिवंश आचार्यले अभिनयमा मात्र गदैनन् उनी लेखक, निर्देशक र गायक पनि हुन् । हरिवंशले शनिबार आफ्नो ६४ औं जन्मोत्सव मनाएका छन् । पत्रकारहरु संग भनेका छन् -आफू जिरोबाट शून्य भएर सयमा पुगेको मानिस भएको बताएका छन् । उनले, विश्वभर छरिएर रहेका नेपालीहरुको माया आफूले पाएको भन्दै खुशी व्यक्त गरे । हरिवंशले अगाडि भने, ‘सानो भाग्यले यस्तो सम्मान पाउन गाह्रो छ । हुनत म कर्ममा विश्वास गर्छु । तर, कतिपय घटनाक्रमले गर्दा भाग्यमा पनि विश्वास गर्नुपर्छ भन्ने लागेको छ । म जिरोबाट सुरु भएको मानिस हुँ । म जिरोबाट एक हुन चाहन्थेँ । तर, आज म सय हुन पुगेको छु ।’हरिवंशको जन्म २०१४ साल कार्तिक २७ गते काठमाडौंको गैरीधारामा भएको हो । कुनै पनि कुरामा तनाव नलिने प्रण गरेको छु’, उनले भने, ‘अझ भनौं न मज्जाले निदाएर जुनीभर बाँच्ने हो ।’ उनको दुई कृति ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ पाठकले रुचाएका पुस्तकमा पर्छन् । हरिवंशले गाएका गीतहरु ‘हाम्री आमा साह्रै नै बाठी छन्’, ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारंगी रेटौंला’, ‘एउटा कुरा छ’, ‘चञ्चले चञ्चले गण्डकी अञ्चले’लगायत लोकप्रिय छन् ।
हरिवंशले आफू ६५ बर्षको भए पनि काम गराइको हिसाबले ४५ बर्षको सोच्ने गरेको बताए । उनले अगाडि भने, ‘म बाँचुञ्जेलसम्म, भगवानले रक्षा गरुन्जेलसम्म, कामबाट विश्राम लिन्नँ । सधै काम नै गरिहनेछु । मैले आजसम्म कसैको एक पैसा खाएको पनि छैन र दिएको पनि छैन ।’
प्रतिक्रिया