अभिनेत्री कंगना रनौटको गम्भीर प्रश्न !
बलिउडअभिनेत्री कंगना रनौटले शनिबार आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक गम्भीर प्रश्न गरेकी छिन् । अहिले यो प्रश्नलाई भारतीय मिडियाले निकै प्राथमिकता दिएका छन् । उनले गरेको प्रश्न हो– सन् १९४७ मा कुन युद्ध भएको थियो ? यसको जवाफ कसैले दिएको खण्डमा आफूले पद्मश्री सम्मान फिर्ता गर्ने पनि उनले बताएकी छिन् ।
यसअघि उनले एक कार्यक्रममा भारतलाई वास्तविक स्वतन्त्रता २०१४ मा मिलेको बताएकी थिइन् । उनले सन् १९४७ को स्वतन्त्रता त भीख भएको बताएकी थिइन् । उनको यो अभिव्यक्ति आएपछि भारतमा उनको विरोधमा व्यापक आवाज उठेको थियो । अब उनले इन्स्टाग्राममा आफूहरुले सन् १८५७ मा सामूहिक लडाई लडेको तर १९४७ मा कुनै युद्ध नलडेको पनि बताएकी छिन् ।
प्रतिक्रिया