भारतीय फिल्मको छायांकन मंसिर १८ गतेदेखि काठमाडौंमा

काठमाडौं- विजय सेतुपाथी र केके मेनन स्टारर अनटाइटल दक्षिण भारतीय फिल्मको छायांकन मंसिर १८ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । लोकेसन खोजीको लागि निर्देशक कृष्णदशारा कोथापालीसहितको १६ सदस्यीय फिल्म टोली बिहीबार बेलुका काठमाडौं आइपुगेको छ । इन्डियन एयरवेजको विमानबाट फिल्म युनिट ३ः४५ बजे काठमाडौं एयरपोर्टमा अवतरण गरेको थियो । काठमाडौं आइपुगेको टोलीमा निर्देशक, छायांकार र प्राविधिकहरु सहभागी छन् ।

काठमाडौंको बसन्तपुर र भक्तपुरमा छायांकन सुरु हुने फिल्मको लोकेसन खोजी गरेर टोली तीन दिनपछि भारत फर्कनेछ ।