युट्युबमा ‘यात्रा’

 

काठमाडौँ- फिल्म‘यात्रा : अ म्यूजिकल भ्लग’ युट्यूबमा सार्वजनिक भएको छ । व्यवसायिक सफलता पाउन नसेको यस फिल्मको मुख्य भूमिकामा नायक सलिनमान बनियाँ छन् । उनको साथमा मल्लिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्रचार्यलगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा बाल–कलाकार अंकित संग्रौला र एन्जल राइलाई पनि देख्न सकिन्छ । यो फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएकोफिल्मलाई केशव भट्टराई र सुशिल पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।