‘बाबरी’को छायांकनका लागि अदिती पुगिन सिक्किम

काठमाडौं – लामो समयपछि नेपाली फिल्म उद्योगले लय समात्दै छ । केही फिल्म छायांकनमा गएका छन् । निर्माण कार्य पूरा गरेर बसेका फिल्मले पनि धमाधम रिलिज डेट लिन सुरु गरेका छन् । यसैबीच, चलचित्र ‘बाबरी’ छायांकनका लागि फिल्म युनिट सिक्किम पुगेको छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘बाबरी’ मा नायिका अदिती बुढाथोकी शीर्ष भूमिकामा देखिँदैछिन् । अदितीले आफ्नो फेसबुकमा तस्बिर शेयर गर्दै सिक्किममा ‘बाबरी’ छायांकन भइरहेको जानकारी दिएकी हुन् ।