पाँचथर-काठमाडौं कलाकार समाजले गर्यो स्रष्टा सम्मान
पाँचथर–काठमाडौं कलाकार समाजले दीपावली, नेपाल संवत् र आउँदै गरेको छठ तथा उधौली पर्वको अवसरमा राजधानीमा तीन स्रष्टालाई सम्मान गरेको छ । समाजले समाजसेवी रामकुमार लिङ्देन, संगीतकार गणेश गुरुङ र साहित्यकार शान्ता देवी गौतमलाई सम्मान गरेको हो । उनीहरूलाई अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सम्मान गरेका थिए ।
सो अवसरमा उनले कला, साहित्य, भाषा र संस्कृतिको जगेर्ना कलाकारबाट मात्र सम्भव रहेको बताए । समाजका अध्यक्ष होमकुमार लावतीको विशेष आतिथ्यता तथा संस्थाका अध्यक्ष याशेली योङहाङको सभापतित्वमा भएको कार्यक्रममा अशोक मुकारुङ, रोशन वान्तवा, धनु ज्ञाङ्मी, लक्ष्मी योङहाङ, नुमा शेर्पा, निशा आङदेम्बे, नरेश वनेम, वीरेन्द्र मालाकार, बद्री हिङ्माङ, डीआर हाङसरुम्बा, भवानीविक्रम नेम्बाङलगायतका कलाकारले प्रस्तुती दिएका थिए ।
प्रतिक्रिया