पहिलो दिन नेपालमा ‘सूर्यवंशी’ कमाइ कति ?

twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button
  

 

 

काठमाडौँ – बलिउड फिल्म ‘सूर्यवंशी’ले भारतमा सोचेभन्दा बढी व्यापार गरेको आंकडा आएका छन् । भारतका धेरै राज्यमा ५० प्रतिशत अकुपेन्सीको नियमका बीच पनि फिल्मले गरेको यो कमाइलाई महामारीभन्दा अगाडि गर्ने फिल्मको कमाइलाई उछिनेको छ । निर्माण टिमले जारी गरेको तथ्यांक अनुसार फिल्मले पहिलो दिन २६ करोड २९ लाख रुपैँया बराबरको कमाइ गरेको छ ।

निर्माताले शनिबार सार्वजनिक गरेको यो आँकडामा भारतका विभिन्न राज्यसँगै नेपाललाई पनि जोडिएको छ ।निर्माताले जारी गरेको यो आँकडा हेर्दा पहिलो दिन नेपालबाट फिल्मले २० लाख कमाइ गरेको छ । २० लाख नेट आम्दानी गर्न फिल्मले नेपालको हल र वितरकबीचको सेयर बाँडफाँडको रेसियो हेर्दा ६० लाख माथिको व्यापार गर्नुपर्छ । नेपाल वितरक मनोज राठीसँग कमाइको आँकडा पुष्टि गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

तर फिल्मले पाएको सोज र तिनमा दर्शकको उपस्थितिले पहिलो दिन फिल्मले ६० देखि ८० लाखसम्मको व्यापार गरेको आँकलन छ । देशका सयभन्दा बढी पर्दामा लागेको फिल्मले शुक्रबार बिहानी सोमा ठीकै व्यापार गरे पनि मध्यान्नदेखि हाउसफुल व्यापार गरेको थियो । ‘सूर्यवंशी’ले दर्शक हलमा तानेपछि नेपाली निर्माताले पनि राहतको सास फेरेका छन् ।