दोस्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’ हुँदै

काठमाडौं- चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा सामाजिक सञ्जालका भिडियोका लागि ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ हुने भएको छ । यसअघि ड्रिम वर्ड अफ फिल्म मेकर्स प्रालिले आयोजना गर्दै आएको उक्त अवार्ड कार्यक्रमलाई दोस्रो संस्करणमा लिडिड वोमन एशोसिएसनले पनि सहकार्य गरेको छ ।

अवार्डमा सहभागिताका लागि दरखास्त आह्वान गरिएको र अवार्डमा सहभागी हुन चाहनेहरुका लागि कात्तिक १६ गतेदेखि नै फारम खुला गरिएको सोसियल मिडिया फिल्म अवार्डस्की अध्यक्ष जानकी प्रधानले जानकारी दिइन् ।