५६ बर्षका साहरुख खेलाडी बन्न चाहान्थे, कसरी बने अभिनेता ?

एजेन्सी- बलिउडका चर्चित अभिनेता साहरुख खानले २ अक्टोबरमा आफ्नो जन्मदिन मनाउने गरेका छन् । अहिले बलिउडमा निकै राम्रो छाप छोडिएका सुपरस्टार साहरुख खान खासमा मुम्बई पुग्दा चिनिएको अनुहार थिएन । उनी मुम्बई पुगेपछि आफ्नै संघर्ष र बलबुतामा कलाकारितामा लागेका हुन् । तर, उनले सुरुमा त आफू कलाकार हुन्छु भन्ने सोचेकै थिएनन् । साहरुखलाई बलिउडमा ‘बादशाह, किङ्ग खान’ जस्ता उपनामले बोलाइन्छ । विश्वमा साहरुखका करोडौं फ्यान छन् ।

यो बर्ष साहरुखले आफ्नो जन्मदिन धुमधामसँग नमनाउने भएका छन् । केही दिन अगाडि मात्र छोरा आर्यन खान करिब १ महिना लामो जेल जीवन बिताएर घर फर्किएका छन् । यसैले, पनि यसपटक साहरुखले न त मिडियासँग कुराकानी गर्नेछन्, न त फ्यानलाई नै भेट्नेछन् । बलिउडका चर्चित अभिनेता साहरुख खानले २ अक्टोबरमा आफ्नो जन्मदिन मनाउने गरेका छन् । अहिले बलिउडमा निकै राम्रो छाप छोडिएका सुपरस्टार साहरुख खान खासमा मुम्बई पुग्दा चिनिएको अनुहार थिएन । उनी मुम्बई पुगेपछि आफ्नै संघर्ष र बलबुतामा कलाकारितामा लागेका हुन् । तर, उनले सुरुमा त आफू कलाकार हुन्छु भन्ने सोचेकै थिएनन् ।

५६ वर्षका साहरुख खानको जन्म भारतको दिल्लीमा भएको थियो । उनले दिल्लीको सेन्ट कोलम्बिया स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए । स्कुले दिनमा उनले हकी र फुटबलमा निकै रुचि राख्ने गरेको पनि भारतीय मिडियाले उनीमाथि लेख्दा बारम्बार लेखिरहेका हुन्छन् । त्यति बेला साहरु खान स्पोर्ट्समा करिअर बनाउन चाहन्थे । तर, उनको काँधमा चोट लागेपछि उनले खेल क्षेत्रलाई छोडिदिए । साहरुखले ‘डर बाजिगर, कुछ कुछ होता हे, दिल से, बादशाह, अशोका, मोहब्बतें, कभी खुशी कभी गम, देवदास, कल हो ना हो, चलते चलते, मै हुँ ना, वीर जरा, देवदास, चक दे इन्डिया, ओम शान्ती ओम, चेन्नई एक्सप्रेस, दिलवाले, रइस’ जस्ता चलचित्र रिलिज भएका छन् । यी चलचित्रले साहरुख खानलाई बलिउडको बादशाह बनायो । साहरुख खानले हंसराज कलेजमा भर्ना पनि गरेका थिए । तर, त्यहाँ उनले अध्ययन पूरा गरेनन् । पछि उनले जामिया मिलिया इस्लामियामा मास कम्युनिकेसन पढ्नका लागि पनि भर्ना गरेका थिए । तर, त्यसलाई पनि बीचमै छाडेर उनी अभिनयतिर लागे ।