दिदीबहिनीको अभाव महसुस हुन्छ – प्रकाश सपुत

काठमाडौं – पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका छन् केही कलाकार । छोटो समयमा नै लाखौँ दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल चर्चित गायक हुन प्रकाश सपुत । नेपालीहरूको महान् चाड तिहार नजिकिर्दै गर्दा धेरै जना दाजुभाइ दिदी बहिनीहरू आफूभन्दा टाढा रहेका आफ्ना दाजुभाइदिदिबहिनीहरुको खोजी गर्ने गर्छन् भने कतिपयको भने सम्झनामा नै चाडपर्वहरू सीमित हुन्छ । जतिनै कुराको भरिपूर्ण भए पनि दिदीबहिनीको कमी महसुस हुने गायक सपुत बताउँछन् ।

उनी भन्छन्-  सायद बहिनी अथवा दिदी हुनुन्थ्यो भने मेरो जिन्दगीमा धेरै कुराहरूमा फरकपन आउथ्थो होला । तिहार नजिकिदैं गर्दा खासै दिदी बहिनी महसुस हुँदैन भावनात्मक सम्बन्ध जोडिएको दिदिबहिनीहरु हुनुहुन्छ तर पनि चार्डपर्व बाहेक अरू समयमा भएको भए कति प्यारो हुन्थ्यो होला भन्ने लाग्छ ।हामी छोराहरु धेरै भएको कारण एउटा छोरी त पाउनै पर्छ भनेर मम्मी बुबाले सपना देख्दा पनि बहिनी नजन्मेर भाई जन्मेको उनी बताउँछन् ।  गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै !’कुरा बुझन पर्च लगायतका गीतहरु दर्शक श्रोताशरुले अत्याधिक मात्रामा मन पराएका छन् ।