महंगो रकममा नेपाल आउने भयो ‘सूर्यवंशी’

 

 

काठमाडौँ- नेपालका सिनेमा घरका लागि मुक्तिदाता ठानिएको बलिउड फिल्म ‘सूर्यवंशी’ अन्ततः नेपाल आउने भएको छ । वितरकले लामो प्रयासपछि फिल्म नेपाल ल्याउन लागेका हुन् । यो चलचित्रका लागि वितरकले १ करोड भन्दा बढी नेपाली रुपैयाँ खर्च गरेका छन् । फिल्म ‘सूर्यवंशी’ नोभेम्बर ५ बाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा पनि यो चलचित्रले दर्शकलाई हलमा फर्काउने अपेक्षा गरिएको छ ।

नेपालमा यो चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने अन्यौल कायमै थियो । यसैविच, यो चलचित्रलाई वितरक मनोज राठी र उनको टिमले नेपाल भित्राएको छ । रोहित सेठ्ठीको ‘कप युनिभर्स’को पहिलो फिल्म मानिएको यो फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । योबाहेक फिल्ममा ‘सिंघम’ र ‘सिम्बा’का मुख्य कलाकार क्रमशः अजय देवगन र रनवीर सिंह फिल्ममा अतिथि भूमिकामा देखिनेछन् ।