शाहरुख खानका छोरा आर्यनमाथि उच्च न्यायलयको यस्तो सर्त

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूपदार्थ सेवनको मुद्दामा केहि समय जेलमा बसे । आर्थर रोड जेलमा बसेका आर्यनलाई मुम्बईको उच्च न्यायलयले बिहीबार जमानतमा रिहा गर्ने फैसला सुनायो । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए । आर्यनलाई २ अक्टोबरमा एनसीबीले पक्राउ गरेको थियो ।

आर्यनले जेल बाहिर निस्किएपछि केही सर्तको पालना गर्नुपर्ने छ । मुम्बईको उच्च न्यायलयको सर्त अनुसार आर्यनले आफूसँगै लागुऔषधको आरोप लागेका अन्य आरोपिलाई भेट्न पाउने छैनन् । उनीहरुसँग आर्यनले कुनै पनि सम्पर्क गर्न पाउने छैनन् ।

यसैगरी आर्यनले विशेष अदालतको काम कारबाहीमा प्रभाव पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न पाउने छैनन् । यस्तै, आर्यनले आफ्नो पासपोर्ट बिशेष अदालतमा पेस गर्नु पर्नेछ । यसैगरी, उनले मिडियामा कुनै पनि कुरा बोल्न पाउने छैनन् । आर्यनले यी चार सर्त पालना गर्नुपर्ने छ ।

आर्यनले मुम्बई बाहिर जानु परेको खण्डमा आफ्नो मुद्धासँग जोडिएका अधिकारीलाई जानकारी गराएर मात्रै निस्कनु पर्ने छ । अदालतको सर्त नमानेको खण्डमा उनको जमानत रद्द हुनेछ । जमानतको फैसला आइसकेपनि आर्यन अझैं केहिदिन जेलमा नै रहने छन् ।