फिल्म ‘बाबरी’को छायांकन सुरु
काठमाडौं- फिल्म ‘बाबरी’को छायांकन फेरि सुरु भएको छ । कोरोनाका कारण भएको दोस्रो लकडाउनले कारण छायाङ्कन रोकिएको थियो । तिहारपछि निर्माण टिम छायाङ्कनका लागि दार्जिलिङ प्रस्थान गर्नेछ । फिल्मको एक गीत र केही दृश्यको छायांकन काठमाडौंमा गरिनेछ ।
यसपछि यसको निर्माणपक्ष तिहारलगतै बाँकी छायांकनका लागि दार्जिलिङ पुग्नेछ ।फिल्मको अधिकांश दृश्यको छायांकन दार्जिलिङ र सिक्किममा हुने भएको छ । त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्ममा अदिति बुढाथोकी र धिरज मगर, धिरज टोट्लानीको मुख्य भूमिका छ । फिल्म सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
प्रेम कथामा निर्माण हुन लागेको यो फिल्ममा नायक धिरज मगर, नायिका अदिती वुढाथोकीको साथमा कलाकार धिरज टोटलानीको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा नायिका तृप्ती नाडकरले पनि अभिनय गर्नेछिन् । निषेधाज्ञापछि केही चलचित्रको छायांकन सुरु गरिएको छ । बाबरी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा पुष्पलता अधिकारी बुढाथोकीको लगानी छ भने सुष्मा गुरुङ सह-निर्माता रहेकी छन् ।
प्रतिक्रिया