बलिउड गायिका नेहालाई ‘एंग्जायटी’

मुम्बई(बलिउड लाइफ)- बलिउड गायिका नेहा कक्कड निजी जीवनलाई लिएर खुलेर कुरा गर्छिन् । नेहाले एक रियालिटी शोमा आफू एक बिरामीबाट पीडित भएको र जसकारण आफूलाई थुप्रै काममा अवरोध हुने गरेको खुलाएकी छिन् ।

नेहाका अनुसार उनलाई ‘एंग्जायटी’ रोग छ । जसकारण उनले अनेक समस्या भोगेकी छन् । ‘मसँग राम्रो परिवार, करियर भए पनि यो रोगका कारण समस्या झेलिरहेकी छु’, उनले भनेकी छन् । स्वास्थ्य विज्ञ डा. विकास खन्नाले ‘एंग्जायटी’ एक मानसिक रोग भएको र जसकारण मानसिक रुपमा मानिसलाई कमजोर बनाउने गरेको बताए । ‘कोही व्यक्ति यो रोगबाट पीडित छन् भने उसलाई केही गलत हुँदैछ भन्ने डर हुन्छ । यही डरका कारण मानिसलाई पेनिक अट्याक हुन्छ । व्यक्तिको मुटुको गति बढ्छ र उसको श्वास बढ्न जान्छ’, डा. खन्नाले भनेका छन् ।

डा. खन्नाका अनुसार ‘एंग्जायटी डिसअर्डर’ ले पीडितको व्यक्तिगत र व्यावसायिक जीवनमा ठूलो असर पार्दछ । यो रोग लामो समयसम्म जाने र जसकारण मानिसमा डिप्रेसनको समस्या आउने गर्दछ । नेहाले कैयौं पटक ‘एंग्जायटी’ विषयमा कुराकानी गरेकी छन् ।