आर्यनले पाएनन् जमानत, पक्राउ गर्ने समीरको साहरुखसँग यस्तो दुश्मनी
एजेन्सी- ड्रग्स प्रकरणमा फसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बुधवार पनि जमानत पाएनन् । आर्यनको जमानतमा बम्बे हाई कोर्टले बिहिबारका लागि पुन: सुनुवाई तोकिदिएको छ । बिहिबार दिउँसो २: ४५ बजेदेखि अदालतमा पुनस् सुनुवाई प्रारम्भ हुनेछ । फैसला नभएका कारण आर्यन पुन:आर्यर रोड जेलमै रात कटाउन बाध्य भएका छन् ।
यसैबीच, मुम्बई क्रूज ड्रग्स प्रकरणमा बम्बे हाई कोर्टले आर्यन खानको जमानतका बारेमा बुधवार नै सुनुवाई समाप्त भएको बताइएको छ । वकील अमित देसाई तथा मुकुल रोहतगीले अदालतमा जमानतको पक्षमा आफ्नो प्रोसिडिङ न्यायाधीश साम्ब्रेको सामुन्ने प्रस्तुत गरे । बुधवार अदालतमा अरबाज मर्चेन्टको मुद्दा लडिरहेका वकील अमित देसाईले आफ्नो भनाइको सुरुवात आर्यन खानको जमानतको पक्षमा कुरा राख्दै गरेका थिए । उनको साथमा आर्यनका वकील मुकुल रोहतगीले पनि एनसीबीद्वारा आर्यनको गिरफ्तारीको आधारमा कुरा राखेका थिए ।
आर्यनलाई ड्रग्सको मुद्दामा पक्राउ गरेका नार्कोटिक्स कन्ट्रोल ब्यूरोका मुम्बई प्रमुख समीर वानखेडे आफै विवादमा फसिरहेका छन् । उनीमाथि, बलिउड सेलिब्रिटीलाई झुटो आरोपमा पक्राउ गरेर पैसा असुली गरेको आरोप समेत लागेको छ । यस्तै, उनी र उनको टिमले आर्यनलाई पक्राउ गरेरपछि साहरुखसँग २५ करोड रकम मागेको आरोप समेत लागेको छ ।
आर्यनलाई पक्राउ गरेर चर्चामा आएका समिरको नायक साहरुख खानसँग यसअगाडि पनि लफडा भैसकेको थियो । १० बर्ष अगाडि समीरले साहरुखलाई कस्टम ड्युटी नभरेको भन्दै करिब १ घन्टा विमानस्थलमा नै रोेकेका थिए ।
सन् २०१० मा लण्डनबाट फर्किने क्रममा साहरुखसँग यस्ता केही विदेशी सामानहरु थिए, जसको कर लाग्थ्यो । तर, साहरुखले कर नतिरेपछि समीरले उनलाई करिब १ घन्टा विमानस्थलमै रोकेका थिए । सो समय समीर विमानस्थलमा एयरपोर्ट कस्टम अफिसको रुपमा काम गरिरहेका थिए । सोधपुछपछि साहरुखले डेढ लाख रुपैयाँ वुझाएका थिए ।
प्रतिक्रिया