नेपाली फिल्म र दर्शकको माया मार्न सक्दिन : निरुता सिंह
एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा बस्दै आएकी निरुता रियालिटी शो डान्स च्याम्पियनको निर्णायकको अभिभारा बहन गर्न काठमाडौं आएकी हुन् ।
वरिष्ठ निर्देशक तुलसी घिमीरेको खोजको रूपमा ‘दक्षिणा’ फिल्मबाट डेब्यू गरेकी निरुताले त्यसपछि ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’ लगायतका थुप्रै हिट फिल्म दिइन् । विशेषगरी सेन्टिमेन्टल दृश्यका लागि चर्चित रहेकी निरुताले ‘माइली’ फिल्ममा भने आधुनिक युवतीको भूमिका निर्वाह गरिन् । त्यसपछिका दिनमा उनका फिल्म चल्न छाडे । फिल्म हात पर्ने क्रम घट्दै गएपछि उनी बलिउडमा ‘ट्राई’ गर्न मुम्बई गएकी थिइन् । मुुम्बईमा खासै उल्लेख्य कलाकारिता गर्न नपाए पनि उनी बेलाबेलामा काठमाण्डौं भने आइरहन्छिन् । पछिल्लो समय निरुता भुवन केसीको ‘क्याप्टेन’ फिल्मको ‘तिमी अर्कैको चिया बगान।।।’ बोलको गीतमा देखापरेकी थिइन् । सोही वर्ष उनी प्रमुख भूमिकामा अभिनित ‘दाल भात तरकारी’ फिल्म प्रदर्शन भएको थियो । मह जोडीको सो फिल्मले दर्शकको साथ भने पाएन ।
प्रतिक्रिया