काली बुडी बनिन् निर्मात्री
काठमाडौं- नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो काली बुडी । उनको वास्तविक नाम भने शारदा गिरि हो । उनी काठमाडौँकै बासिन्दा हुन् । काठमाडौँको कलंकीमा घर भएकी शारदा तीन दशकअघि फिल्मी क्षेत्रमा प्रवेश गरिन् उनी अहिले कलाकारमा मात्र सीमित नभई आफैले निर्मात्रीको भूमिका पनि निर्वाह गरेकी छन् । उनी ‘यो कस्तो भाग्य ‘नामक सिरियलको निर्मात्री हुन् । यो सिरियल भर्खरै दुई भाग मात्र काली बुडी इन्टरटेन्मेन्ट युटुब च्यानलमा सार्वजनिक गरिएको छ । यो दुई भाग सिरियलमा दर्शकको राम्रो प्रतिक्रिया हरू पाइरहेको शारदा गिरि बताउँछिन् । सोही सिसरयलमा हासो रोदन खुसी र आफना प्रतिको प्रेम झल्काइएको छ । पछिल्लो समय व्यस्त कलाकार हुन् । उनी आफनो मात्र सिरियलमा बिजी होइन कि अन्य सिरियल र म्युजिक भिडियोमा पनि व्यस्त छिन् । आफ्नोमा काम गर्नु र अरूकोमा गएर काम गर्नु फरक भएको उनले बताइन् । आफूले निर्माण गरेको सिरियल पैसा र नाम कमाउनको लागी नभएको उनी बताउँछिन् । उनले थपिन- मैले अत्यधिक मात्रामा दर्शकहरुमो माया पाइराखेको छु यही माया कायम राख्नको लागी आफू सानो सिरियल बनाएको हो । मलाई असाध्यै खुसी लागेको छ । सिरियलमा केही कमी कमजोरी होला तर पनि दर्शकको माया पाएमा फेरी सुधारी अगाडी बढ्ने जानकारी दिएकी छन् ।
प्रतिक्रिया