खुल्यो आइवार्ट सर्ट फिल्म फेस्टिभल २०२१ को आवेदन

काठमाडौँ-  रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइनमा कार्यरत महिला सञ्चारकर्मीहरूको अन्तरराष्ट्रिय छाता संगठन आइवार्ट नेपाल च्याप्टरले तेस्रो आइवार्ट सर्ट फिल्म फेस्टिभल २०२१’ को आवेदन खुल्ला गरेको छ । चलचित्र क्षेत्रमा महिलाको सहभागिता बढाउन सन् २०१८ बाट फेस्टिभल आयोजना हुँदै आएको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष मन्टेश्वरी राजभण्डारीले बताएकी छन् ।

फेस्टिभलमा सहभागिताका लागि  महिला निर्देशकले ३ देखि १५ मिनेटसम्मको एफएचडी फरम्याटमा चलचित्र निर्माण गर्नुपर्नेछ । प्रतियोगिताका लागि नोभेम्बर १६ तारिखसम्म सहभागी हुन सकिने फेस्टिभल संयोजक इच्छा गुरुङले बताइन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण २०१९ देखि फिल्म फेस्टिभल भर्चुअल माध्यमबाट हुँदै आएको र यस वर्ष पनि भर्चुअल माध्यमबाट नै हुने आयोजकले जनाएको छ ।