क्रुज ड्रग्सको विषयका प्रत्यक्षदर्शीलाई प्रहरी सुरक्षा

 

एजेन्सी- मुम्बईमा भएको क्रुज ड्रग्सको विषयका प्रत्यक्षदर्शी प्रभाकर सइललाई अब प्रहरीले सुरक्षा दिन थालेको छ । उनी हिजो मात्र मुम्बई क्राइम ब्रान्च पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई सुरक्षा दिएको हो । महाराष्ट्रका गृहमन्त्री दिलिप वाल्से पाटिलले समाचार एजेन्सीहरुलाई सइललाई उनको माग अनुसार नै सुरक्षा दिइएको बताएको छ ।

सईलले क्रुज ड्रग्सको विषयमा आफूलाई थाहा भएको बताएका थिए । उनले केपी गोसावी र श्याम डिसुजाले यस विषयमा कुरा गरेको आफूले सुनेको र उनीहरुबीच १८ करोड भारतीय रुपैयाँको डिल भएको बताएका छन् । मुम्बईमा चलिरहेको क्रुज पार्टीमा अभिनेता साहरु खानका छोरा आर्यन खान गिरफ्तार भएका थिए । यस विषयमा पछिल्लो समय निकै धेरै प्रश्न उठ्न थालेको छ ।