‘कोटमार्सलदेखि फिल्मसम्म’ सुशील

काठमाडौं- फिल्म ‘होस्टेल रिटन्स’मार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘गाँजा-बाजा’, ‘रणवीर’ फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले ‘होस्टल रिटन्स’बाटै चिन्छन् ।तर, उनी फिल्मी यात्राभन्दा अघि थियटरमा रमाइसकेका छन् । धनगढीका सुशीललाई बाल्यकालदेखि नै अभिनय गर्ने रहर थियो । ‘मलाई अभिनय गर्ने रहर थियो तर कसरी फिल्ममा आउने भन्ने थाहा थिएन,’ सुशीलले सुरुवातीका दिनलाई सम्झिदै भने, ‘म अभिनय सिक्नकै लागि धनगढीबाट भारत पुगे ।’ त्यहाँ उनी पढेर स्वदेश फर्किए ।

उनी नेपाल आइसकेपछि अनुप बरालको एक्टर स्टुडियोमा पुगे । अभिनय सिक्ने क्रममा उनले चर्चित नाटक ‘कोर्टमार्सल’ मा अभिनय गर्ने मौका पाए । ‘उक्त नाटकपछि केहि आत्मविश्वास बढेर आयो र त्यसपछि फिल्ममा अभिनय गर्ने अठोटका साथ अघि बढे,’ सुशीलले फिल्मसम्मको यात्रालाई सम्झिदै भने, ‘मैले नयाँ नयाँलाई अवसर दिने मेकरका रुपमा सुनिल रावलको नाम सुने र उँहालाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरे ।’ सुशील आफैँले सम्पर्क गरेर अडिसन दिए । तर, त्यो होस्टल रिटन्सको लागि थिएँन , तर उक्त प्रोजेक्ट नाबनेता पनि उनले अवसर पाए ।

डेब्यु फिल्म मार्फत नै दर्शकको मन जितेका सुशीलले अन्य फिल्ममा पनि आफूलाई फरक रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । ‘मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु,’ सुशील भन्छन्, ‘कमेडी गरे र रणवीर एक्सन पनि गरे ।’ उनले अभिनय गरेको फिल्ममा ठूलाे बजेटको फिल्म ‘रणवीर’ नै थियो । फिल्ममै आफ्नो भविष्यलाई देखिरहेका सुशीलको सुरुवात ‘कोर्टमार्सल’ बाट राम्रै रुपमा भएको थियो । यद्यपि फिल्म मार्फत उनले त्यो सफलता हात पार्न सकेका छैनन् । त्यसो त उनको करियरकै टर्निङ प्वाइन्टको रुपमा हेरिएको फिल्म ‘रणवीर’ को असफलताले पनि उनको यात्रालाई असहज बनाएको छ ।