आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा हुने
एजेन्सी- बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ बम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ । गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारबाही गरिरहेको छ । आर्यनको जमानत अपिल दुईपटक खारेज भइसकेको छ । त्यसकारण उनका वकिल सतिश मानेसिन्डेले हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् ।
प्रतिक्रिया